१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बिदामा घर जान चहाने नेपालीलाई नरोक्न मलेसियाका कम्पनीलाई आग्रह

क्वालालम्पुर (मलेसिया ) -मलेसियास्थित नेपाली दुतावासले घर जान चहाने नेपाली कामदारलाई नरोक्न यहाँका कम्पनीलाई आग्रह गरेको छ । दुतावासले सार्वजनिक सुचना जारी गर्दै नेपालमा भुकम्पका कारण ठुलो धनजनको क्षति भएको र त्यसबाट पीडित परिवारका सदस्य मलेसियामा समेत कार्यरत भएकाले उनिहरूलाई विदामा घर जान दिन रोजगारदाता कम्पनीलाई आग्रह गरेको हो।दुतावासले घर जान चहाने नेपाली कामदारलाई कम्तिमा १ महिनाको बिदा र १ महिनाको तलब दिएर घर पठाइदिन आग्रह गरेको छ । महाविपतका बेला केही रकम लगेर घर बिदामा घर जान पाए पीडित परिवारले केही राहत पाउने दुतावासको सुचनामा उल्लेख छ ।

भुकम्पका कारण नेपालमा आफ्नो घर र परिवारका सदस्य गुमाएका नेपालीलाई कम्पनीले घर जान रोकेपछि दुतावासले यस्तो आग्रह गरेको हो । नेपाली दुतावास नेपाली कामदारलाई विदामा घर जान दिन कम्पनीलाई आग्रह गरेको को सार्वजनिक सुचनालाई यहाँ संचार माध्यमले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् । यहाँका रोजगारदाता कम्पनीले बिदामा घर जान चहाने नेपाली कामदारसँग २५ सय देखि ५ हजार रिङ्गेट सम्म असुल्ने गरेका छन् । कम्पनीले चर्को रकम असुल्न थालेपछि कयौं नेपाली कामदार भुकम्पले घर र परिवारका सदस्य नै गुमाउदा समेत घर फर्कन सकेका छैनन् ।

बिदा नदिने कम्पनी कालो सुचिमा

नेपालमा भुकम्पले विपत्ति ल्याउँदा बिदामा घर चहाने नेपाली कामदारलाई विदा नदिने मलेसियाका कम्पनीलाई नेपाली दुतावासले कालो सुचिमा राख्ने छ । दुतावास स्रोतका अनुसार विपतमा विदा नदिएको उजुरी आएमा दुतावासले कम्पनीलाई पुनः आग्रह गर्ने छ र अटेर गरेमा त्यस्ता कम्पनीलाई कालो सुचिमा सुचिकृत गर्ने छ ।

निःशुल्क हवाई टिकटको हल्ला निराधार

घर फर्कन चहाने नेपालीलाई निःशुल्क हवाई टिकटको व्यस्वथा गरिएको खबर सामाजिक संजाल फेसवुकमा भाईरल बनेपछि नेपाली दुतावासले गलत भएको जनाएको छ । दुतावासकि प्रथम सचिव द्रुपता सापकोटाले नेपाल जान नि:शुल्क हवाई टिकट भन्ने कुरा निराधार रहेको बताइन । उनले नागरिक न्युससँग भनिन् ,´निःशुल्क हवाई टिकट कसैले उपलब्ध गराएको छैन् । यो सबै निराधार कुरा हो ।'

प्रकाशित: १५ वैशाख २०७२ २३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App