१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।  

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लङ्घनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।  

प्रकाशित: १६ माघ २०८२ १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App