२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली पुगेर बालेनले लेखेः कर्नालीका सुइना, अब हाम्मा सुइना

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन) शुक्रबार कर्णाली प्रदेश पुगेका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर अछाम हुँदै कर्णाली प्रदेश पसेका छन्। 

यसैक्रममा बालेन केही बेरअघि कर्णाली प्रदेशको कालिकोट पुगेर फर्किएका छन्। यसैक्रममा उनले फेसबुकमा कर्णालीको भुगोलको पृष्ठभूमिमा खिचिएको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन्। 

जसको क्याप्सनमा उनले खस भाषामा लेखेका छन्–कर्नालीका सुइना, अब हाम्मा सुइना । जसको अर्थ हुन्छ–कर्णालीका सपना अब हाम्रा सपना। 

प्रकाशित: १६ माघ २०८२ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App