२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

गगनको दाबी: म शेरबहादुर देउवा र अन्य नेतासँग निरन्तर संवादमा छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरेका छन्। शुक्रबार धनुषामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गरेका हुन्। 

‘पार्टीभित्र कसैमाथि दोष र रिस राग छैन,’ सभापति थापाले भने,‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु।’ यस्तै पार्टीका अरू नेताहरूसँग पनि आफू निरन्तर संवादमा रहेको उनले दाबी गरे। 

‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ,’ सभापति थापाले अगाडि भने। अहिले चुनावमा सबै नेताहरू एक ढिक्का रहेको उनले दाबी गरे। 

प्रकाशित: १६ माघ २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App