२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकप: उत्साही सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका फाष्ट बलर सोमपाल कामीले आउँदै गरेको पुरुष टी-२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाउँदैछन्।  

सोमपाल हालको टोलीमा तीन पटक विश्वकप खेल्न लागेका एकमात्र खेलाडी हुन्। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने लागेको १०औँ संस्करणको टी-२० विश्वकप यही फ्रेबअरी ७ मा सुरु हुँदैछ।  

नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी-२० पुरुष विश्वकप खेल्दैछ। विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको सोमपालले बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको एक भिडियोमा भनले भनेका छन्, 'एकदमै राम्रो महसुस भइरहेको छ । देशको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व हुन्छ । त्यो भन्दा पनि हामीले लगातार विश्वकप खेल्दैछौँ यसको लागि एकदम खुसी छु ।'  

सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा टोलीका सदस्य रहेका सोमपाल तेस्रो पटक नेपालले विश्वकप खेल्ने तयारी गरिरहँदा नेपाली क्रिकेटको दरिलो सारथी हुन्।

'पहिलो पटक सन् २०१४ मा नेपालले विश्वकप खेल्न लाग्दा, त्यो बेलाको टोली एकदमै खुसी र उत्साहित थियो, त्यो बेला म सिकिरहेको थिए । पहिलो पटक विश्वकप खेल्दै थिए' सोमपाले सुनाए 'अहिले लगाइरहेको जर्सी मेरो लागि एउटा नयाँ अनुभव हो।' उनी हालको राष्ट्रिय टोलीमा रहेका अनुभवी खेलाडीमध्येका हुन्।  

नेपाल विश्वकपको समूह 'सी' मा छ, जहाँ नेपालले इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डको सामना गर्नेछ।  

इंग्ल्यान्डसँग माघ २५ गते खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: १६ माघ २०८२ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App