२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मिडिया सोसाइटी म्याग्दीको तेस्रो अधिवेशनमा अध्यक्षमा खत्री चयन

म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शुक्रबार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो। 

समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा अमित विश्वकर्मा र सहसचिवमा राकेश शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा सन्तोष गौतम, धिरन खत्री, साधन राम्जाली मगर, सुदर्शनकुमार श्रेष्ठ र निर्मल खत्री रहेका छन्।

वि.स.२०७४ मा म्याग्दीमा श्रमजिवी पत्रकारहरुद्धारा सञ्चालित सञ्चार माध्यम तथा जिल्लामा रहेका अन्य सञ्चार माध्ययमको व्यवस्थापकीय भूमिकामा रहेका श्रमजिवी पत्रकारहरु आबद्ध सोसाइटीले जिल्लामा स्थानीय तह र सरकारी कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाइ, सञ्चार क्षेत्रसँग सम्बन्धित बृत्तचित्र निर्माण, पत्रकारिता तालिम सञ्चालन, पत्रकार अवलोकन भ्रमण लगायतका कार्यहरु गर्दै आएको छ।

साधारण सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जा, टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले क्रियाशिल पत्रकारहरु आबद्ध म्याग्दी मिडिया सोसाईटीको अग्रसरतामा ग्रामिण भेगसम्म पुगेर लुकेर रेहका सम्भावनाहरुको खोजी र उत्थानमा दिएको योगदानको रचनात्मक रहेको बताए।

नेपाल पत्रकार महासंघका जिल्ला सचिव एवम् प्रेस सेन्टर गण्डकी प्रदेशका प्रथम सचिव सन्तोष गौतमले शुभकामना मन्तव्य गरेका थिए। संस्थाका सचिव विश्वकर्माले प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित: २४ मंसिर २०७८ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App