८ वैशाख २०८१ शनिबार
समाज

इलाममा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

इलाममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ भने १ जनालाई खोलाले बगाएको र १ जनालाई रुखले किचेको प्रहरीले जनाएको छ। पहिरोमा परी २ जना अझै बेपत्ता छन्।  

प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ। फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइतबहादुर राई, ८६ वर्षे नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षे निश्चित कटवालको मृत्यु भएको छ। उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो।  

माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षे हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षे विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ। देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहींकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App