१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्दै फोरजीका प्रयोगकर्ता

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ।

गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन्। 

टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन्। गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए। एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन्। एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन्। गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए। स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन्।

गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए। स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्। तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन्। गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए। एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन्।

प्रकाशित: २७ भाद्र २०७८ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App