१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भाइले गरे दाजुको हत्या

शुक्रबार राति विराटनगरमा भाइले दाजुको हत्या गरेका छन्। मादक पदार्थ (रक्सी)सेवन गरी नसामा रहेका भाइले दाजुको हत्या गरेको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–५ स्थित पृथ्वी चोकका काले भनिने ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियारबाट हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

पारिवारिक विवाद भएको र भोलाले मादक पदार्थ सेवन गरी राति साढे १० बजेतिर दाजु भोलालाई धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्।

लागूऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरी हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको एसपी जिसीले बताए। गम्भीर घाइते दाजुलाई प्रहरीले उद्धार गरी विराटनगरको विराट नर्सिङ होममा पु¥याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

मृतकको शरीरमा भएको चोट हेर्दा धारिलो हतियार प्रयोग भएको देखिए पनि साजनले भने सोकेसको सिसा प्रहार गरेको प्रहरीलाई बताइएका प्रहरीले जनाएको छ। ‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन खोजी रहेका छौं,’ एसपी जिसीले भने, ‘घटनास्थलमा सिसाका टुक्रा छरिएको, कुर्सी भाँचिएको र घटनास्थल वरपर रगत धेरै लतपतिएको अवस्था रहेको छ। रक्सीको नसामा रहेका साजनलाई तत्काललै पक्राउ गरेका छौं।’

दाजुसँगको झगडामा घाइते भएका साजनको उपचार पनि विराट नर्सिङ होममा भइरहेको छ। यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरी कारबाही गरेको प्रहरीले जनाएको छ।

हेटौंडाबाट तालिम सकिएपछि उनी केही दिनअघि मात्रै विदा लिएर विराटनगरस्थित घर आएका थिए। भोलाका १६ वर्ष मुनिका दुई छोरा र श्रीमती छन्। मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले वैशाखमा साजनसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। कानुनी रूपमा सम्बन्ध विच्छेद भए पनि परिवारकै संरक्षणमा साजनकी श्रीमती रहेको र त्यही विषयमा बारम्बार साजनले घरमा झगडा गरिरहेको पाइएपछि भाइलाई सम्झाउन गएका दाजुकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका साजनलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ असार २०७८ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App