१६ चैत्र २०८० शुक्रबार
समाज

जुम्लामा कोरोना संक्रमितको मृत्यु

जुम्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका ४ का ४३ वर्षीय एक पुरूषको मृत्यु भएको हाे।

असार ३ गते अस्पताल भर्ना भएका उनको पहिलो दिन आइसोलेसन र दोस्रो दिन भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

कर्णाली प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले संक्रमितको मृत्यु भएको जानकारी दिए। संक्रमितमा मोटोपन थियो। उनको उपचारको लागि हदैसम्मको प्रयास भएपनि बचाउन नसकिएको उनले बताए।

जुम्लामा हालसम्म कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ। कर्णाली अस्पतालमा उपचार गर्न आएका जुम्ला बाहिरका तीन जनाको मृत्यु भएको थियो। कर्णाली अस्पतालमा सबै गरेर ८ जनाको मृत्यु भएको हो।

प्रकाशित: ४ असार २०७८ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App