१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना कहरः थवाङमा एकको मृत्यु

रोल्पाको थवाङ । तस्बिरः दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६४ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय ३३ रहेको छ ।  

बिहीबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । थवाङ गाउँपालिका १ का ८७ वर्षीय एक पुरुषको बिहीबार मृत्यु भएको हो । उनको अन्त्येष्टी परिवार र आफन्तले गरेका थिए । अन्तेष्टीमा सहभागीहरुको एन्टीजेन परीक्षण गरिने थवाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तुलबहादुर पुनले बताए ।  

दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १६ जनाले कोराेनाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिलेसम्म ५ सय ५३ जनाले कोरोना जितेका छन् । बिहीबार ५७ जनाले कोरोना जितेका हुन् ।

प्रकाशित: २० जेष्ठ २०७८ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App