७ वैशाख २०८१ शुक्रबार
समाज

अन्तर्राष्ट्रिय नेपाली समाज विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।  

भर्चुअल रुपमा आयोजना गरिएको सम्मेलनमा नेपाल, भारत, अष्ट्रेलिया, अष्ट्रीया, पोर्चुगल, मलेसिया, अमेरिका, बेलायतलगाएतका देशका साहित्यकारहरुको सहभागिता रहेको उक्त सम्मेलनले साहित्यमार्फत समाजमा कायम कुप्रथालाई हटाउन सचेतना जगाउने, स्रष्टाहरुको उत्कृष्ट कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणापत्रमा समेटेको छ ।  

उक्त घोषणपत्रले मानवीय मूल्य मान्यताको संरक्षण, सम्बर्द्धन गर्नका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवं समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउँदै लाने, ब्याप्त लैङ्गगिक विभेदको अन्त्यका लागि कला–साहित्य सृजना एवं विचार विमर्श गर्ने गराउने, मातृभाषा एवं लोपोन्मुख भाषाको अभिलेखिकरण एवं साहित्य लेखनलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

यसैगरी प्रवासी नेपालीलाई समेटेर सरकारी एवं गैरसरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्यसम्बन्धी कार्यक्रमहरु गर्ने गराउने तथा नेपाली भाषा साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान पुर्‍याएका एक जना विशिष्ट ब्यक्तिलाई हरेक वर्ष एक लाख नगद रुपैयाँ बराबरको सम्मन तथा पुरस्कार प्रदान गरिने घोषणापत्रमा उल्लेख रहेको नेपालको तर्फबाट कार्यक्रमको संयोजन डा. जानुका नेपालले बताइन् । उनका अनुसार तीनदिने सम्मेलनमा नेपालका तर्फबाट प्राडा राजेन्द्र सुवेदी, प्राडा महादेव अवस्थी, प्राडा गिता ाित्रपाठी र डा नेत्र हेतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित: २० वैशाख २०७८ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App