नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला बाँके र बर्दियाका कार्यकर्ताहरू भेटघाट गरिरहेका छन्।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्न बुधबार बाँके आइपुगेका दाहालले बिहीबार बिहान कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्दै स्थानीय नेता, कार्यकर्ता, घाइते, अपाङ्गता भएका व्यक्ति र ‘शहीद’ परिवारसँग भेटघाट गरेका थिए।

आज (शुक्रबार) दाहाल आफ्नो टिमसहित बर्दियामा पुगेका छन्। उनले त्यहाँ जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घरमा पुगेका छन्। दाहालले थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिक्री खाएका छन्।
'मर्निङ वाक'का क्रममा बर्दिया बडैयामा रहेका सहिदका परिवारसँग भेट्ने क्रममा उनी थारूको घरमा पुगेका हुन्। दाहालले आफूहरूलाई भेटेको भन्दै सहिद परिवारहरू खुसी भएका छन्।

प्रकाशित: २२ चैत्र २०८१ ०८:४३ शुक्रबार