९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

चमेलियामा मृत भेटिएकी महिलाको सनाखत

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीकी ४१ वर्षीया हंसादेवी धामी रहेको प्रहरीले जनाएको छ। आइतबार दशरथचन्द नगरपालिका–६ सेरास्थित नदी किनारमा ती महिलाको अर्धनग्न अवस्थामा शव फेला परेको थियो।  मृतक महिला असोज ७ गते एक्कासी घरबाट बेपत्ता भएकी थिइन।

महिलाका घरपरिवारको सदस्यले आएर शवको सनाखत गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिइ। शव फेला परेपश्चात प्रहरीले बैतडी र दार्चुलाका सबै प्रहरी युनिटलाई हुलियासहित परिपत्र गरेको थियो। हुलियाको आधारमा ती महिलाका घरपरिवार आएर शवको पहिचान गरेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणपश्चात घरपरिवारको जिम्मा लगाइएको छ।

प्रकाशित: १३ आश्विन २०७७ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App