१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्युठानका संक्रमतिको बुटवलमा मृत्यु

प्युठानका एक कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। बुटवलको गौतमुवुद्ध सामुदायिक मुटु अस्पतलामा उपचारत प्युठानको स्वागद्धारी नगरपालिकाका ७ का ५८ वर्षीय एक पुरषको गएराती मृत्यु भएको हो। कलेजोको समस्या रहेका ती व्यक्ति निमोनियाबाट समेत पीडित थिए। 

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल ल्याइएको थियो। सोही दिन आइसीयुमा भर्ना भएका उनको उपचारकै क्रममा पिसीआर टेष्ट गर्दा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।  

उनको गएराती सवा ९ बजे नै मृत्यु भएको अध्यक्ष  आलमले बताए। ती पुरुषलाई संक्रमण देखिएपछि बुटवलकै कोरोना अस्पतालमा पठाउन खोजिए पनि त्यहाँ आइसीयु भेन्टिलेटर खाली नभएकाले पठाउन नसकिएको अध्यक्ष आलमले बताए।

प्रकाशित: १८ भाद्र २०७७ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App