११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

‘ग्याङ फाइट’ मा एकको मृत्यु, चार जना घाइते

शुक्रबार दिउँसो मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा पुलमा दुई पक्षबीच झडप (ग्याङ फाइट)मा हुँदा एक जनाको मृत्य भएको छ ।

स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर, विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ वर्षीय समुन्द्र राई र १६ वर्षका गौरव राईको समूहबीच ग्याङ फाइट भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । दुवै समूह स्थानीय नै रहेको प्रहरीले जनाएको छ ।  

घाइते भएकामध्ये चन्द्रकुमार राईको उपचारका क्रममा टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको छ भने अन्य घाइतेको उपचार भइरहेको प्रवक्ता डिएसपी राईले जानकारी दिए ।  

सुरूमा चौधरीको समूहले घरले हतियार खुकुरी र बन्चरोलगायतका हतियार प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरेका दुई पक्षबीच सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डिएसपी राईले बताए । रिसइबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।  

दुवै पक्षबीच बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको र घटनाको अनुसन्धानका लागि डिएसपी राई आफै घटना स्थल गएको बताएका छन् । अर्को समूहका चौधरी सामान्य घाइते भएको र बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको डिएसपी राईले बताए ।

प्रकाशित: १२ भाद्र २०७७ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App