१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

रसुवाको बाढीमा बगेको बैंकको सेफ फोड्ने २९ जना पक्राउ

रसुवामा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ फेला परेपछि त्यसलाई फोडेर रकम निकालेको आरोपमा २९ जनालाइ पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सेफ फोड्ने कार्यमा संलग्न २९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ।

रसुवामा आएको बाढीले बैंकको सेफसमेत बगाएर धादिङसम्म पुर्‍याएको थियो। सेफ फेला परेपछि त्यसलाई खोलेर रकम निकालिएको भन्दै रास्वपा सांसद आशिका तामाङले बराम्बर आवाज उठाउँदै आएकी थिइन् ।

प्रकाशित: १३ भाद्र २०८३ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App