६ चैत्र २०८० मंगलबार
समाज

लेखा अधिकृत घुससहित पक्राउ

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विहीबार साँझ घुससहित पक्राउ परेका छन्। लेखा अधिकृत विकास पोखरेल पक्राउ परेका हुन्।  

अखितयार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पोखरेललाई ६५ हजार घुससहित इटहरीको वीपी चोकबाट पक्राउ गरेको हो। इटहरी वडा नं. ६ घर भएका लेखा अधिकृत पोखरेलले सेवाग्राहीसँग पैसा लिएपछि पक्राउ गरेको अख्तियारको इटहरी कार्यालयले जनायो।  

अख्तियार इटहरीका सूचना अधिकृत पुरुषोत्तम ढकालका अनुसार घुससहित लेखा अधिकृत पोखरेल पक्राउ परेपनि घटनाको पूर्ण विवरण आउन भने बाँकी छ। ‘पक्राउ गरेको हो, पक्राउ गर्ने टोली कार्यालय फर्कि सकेको छैन,’ उनले भने, ‘पक्राउ गर्ने टोली कार्यालय नफर्केकाले गर्दा पूर्ण विवरण आउन भने बाँकी छ।’  

इटहरी उपमहानगरपालिकामा तीन वर्षयता पोखरेलसहित चार जना अख्तियारको  फन्दामा परेका छन्। यसअघि शव इन्जिनियर नरेश श्रेष्ठ र वडा सचिव नायब सुब्बा विदुर रेग्मी घुससहित रंगे हात पक्राउ परेका थिए। यस्तै शाखा अधिकृत राजेन्द्र धिमालबिरुद्द मृत्यु भएको व्यक्तिको नाममा जग्गाको सिमाना सिफारिस गरेकोमा अख्तियारमा उजुरी दर्ता भएको छ।  

 

प्रकाशित: १ श्रावण २०७७ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App