युवाहरुलाई विदेश गएर पसिना बगाउनुको साटो स्वदेशमा नै कृषि व्यवसायलाई व्यवसायीकता प्रदान गर्ने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायणमा व्यवसायिक कृषि खेती गर्दै गरेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नं ४ चाँगुनारायणको २५ रोपनीमा सामूहिक खेती गरेको पाइएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको उत्तरपूर्व सांखु सालिनदीबाट सालिनदी उड्गमस्थल हुदै मनोहरा नदी पश्चिमतर्फ बग्दै पश्चिम कुना जडिवुटीसम्म रहेको कृषियोग्य भूमि लाखौ रोपनीमा विगतका वर्षमा ठिमी, बोडे, मुलपानी जडिबुटी क्षेत्रबाट हजारौं टन तरकारी उपत्यका र उपत्यका बाहिर पोखरा लगायत तराई नजिकका भारतका क्षेत्रहरुमासम्म निर्यात गर्ने गरेकोमा यो इतिहासलाई कायम राख्न सामूहिक कृषि खेती गरेको बताएका छन् ।
सालिनदीबाट सलम्बुटार मानेडाँडामुनी खुलालटार, इन्द्रायणी, टौढुड्गा, ब्रम्हखेल डाँछी कान्तीभैरव, चाँगुनारायण इन्जिनियरिङ्ग कलेज, मुलपानीसम्मको कृषियोग्य भूमिमा उत्पादन भएको आलु तरकारी, धान, गहुँ समेत निर्यात गर्ने गरेको भन्दै यसै इतिहासलाई जोगाइराख्न आफूहरु क्रियाशिल गरेको बताएका छन् ।
यो कर्मलाई सफल बनाउन स्थानीयले चम्पापुर कृषि सहकारी संस्था लिमिटेडको पनि स्थापना गरेका छन् । संस्थाका अध्यक्ष बलबहादुर श्रेष्ठले विद्ययालयस्तरदेखि नै कृषि उत्पादनको ज्ञान सिपको विकास गर्न संस्थाले विभिन्न प्रयोगात्मक, सैद्दान्तिक लगायत व्यवहारीक ज्ञानका कक्षाहरु समेत संचालन गर्ने लक्ष्य लिएको जनाए । शनिबार भएको संस्थाको १५ औ वार्षिक साधारणसभामा उनले कृषिमा लगानी जीवनको समून्नति भन्ने मूल नाराका साथ २०६७ सालबाट निरन्तर समुदायकोबिच आर्थिक तथा कृषि सम्बन्धि योजनामा सहभागी जनाउँदै निरन्तर अघि बढ्दै आएको जानकारी गराए ।
चाँगुनारायण नगरपालिका वडा नं ४ मनोहरा फाँटमा कृषि फार्ममा लगानी स्वरुप संस्थाको तर्फबाट २५% मध्ये रु. १० लाख (जम्मा शेयर रकमको ७३%) उत्पादनमुखी कार्यमा साझेदारी लगानी भएको जानकारी उने गराए । कृषि फार्ममा स्थानीय, प्राविधिकहरुको पनि लगानी रहेको उनले जानकारी गराए ।
स्मार्ट सिटीको विरोध
हाल उक्त क्षेत्रहरुमा बिभिन्न राज्यको नीतिबाट स्मार्ट सिटीको अवधारणासंगै बस्ती बिस्तार हुदै उक्त कृषियोग्य भुमि नष्ट हुदै गइरहेको भन्दै उनीहरुले विरोध जनाए । यसकारण खाद्य संकट हुने संभाबना देखिएको छ, कार्यक्रमका वक्ताहरुले भने, उक्त संकट समाधानको विकल्प खोज्न जरुरी रहेको सोही उद्देश्य बोकी राज्यको संविधानमा उल्लेख खाद्य प्रणाली, खाद्य संम्प्रभुता, खाद्य सुरक्षा जस्ता बिषयमाथि लक्षित गरी कार्य गर्ने संस्थाले लक्ष्य राखेको छ ।
संस्थाले लिएको लक्ष्य अनुरुप आगामी दिनहरुमा संस्थाले समुदायभित्रका कृषकहरु, कृषि फाम, उद्यमसिल महिला स्वरोजगार लक्षित गर्दै उत्पादनमुखी तरकारी, पशुपालन, दुधजन्य पदार्थ साथै बिषाधी प्रयोगमा न्युनीकरण गर्दै व्यवसायिक कृषिमा जोड दिने, प्राङ्गारीक, गडैलामलको प्रयोग विधि अनुरुप विउविजन उत्पादन गरी विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
चाँगुनारायण वडा नं. ४ स्थित विभिन्न सामुदायिक वनसँग सहकार्य गरी उत्पादनमुखी जडिबुटी, उद्यमसिल वन, कृषि पर्यटन जस्ता योजना संचालन गर्ने उद्देश्य लिदै विगत वर्षहरुमा चाँगुनारायण सामुदायिक वन क्षेत्रभित्र ७०० वटा टिमुर, ११०० वटा तेजपाट, ओखर, अमला, रोड सल्ला, रुडाक्ष, कतुस, हर्रो, वरों, बेल जस्ता वृक्षारोपन गर्न सहयोग पुयाउदै आएको समेत अवगत गराइयो । संस्थाले समुदायभित्र रहेका वन क्षेत्र, कृषियोग्य क्षेत्रमा सामुहिक कृषि प्रणालीमा जोड दिदै वरपरका कृषकहरुलाई निर्वाहमुखी कृषि भन्दा माथि उठेर व्यवसायिमुखी कृषि पर्यटनमा विश्व सम्पदा क्षेत्रभित्र रहेको चाँगुनारायण मन्दिर लगायतका त्यहाँ भएको विभिन्न कला संस्कृतिसँग जोड्दै पर्यटन व्यवसाय समेत विकास विस्तार गर्ने लक्ष्य संस्थाले लिएको जनायो ।
गरौ हामी मिलेर कृषि कर्म, बुझेर देशको मर्म, निर्यात भन्दा आयात बढी, नमानौ लाज गर्नलाई श्रम भन्ने नाराका साथ आफूहरु निरन्तर अगाडि बढिरहेको सचिव रामकुमार तामांगले बताए ।
प्रकाशित: १२ पुस २०८२ १९:५३ शनिबार





