बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी रहँदा हालसम्म २ लाख ४७ हजार ९ सय ५० मत गणना भएको छ। पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।
रास्वपाले पार्टीले १ लाख ३४ हजार २२ मत प्राप्त गरेको छ । जुन कुल मतको करिब ५४ दशमलव ५ प्रतिशत हो । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। अहिलेसम्म कांग्रेसले समानुपातिक तर्फ ४१ हजार ८० मत प्राप्त गरेको छ । जुन १६ दशमलव ५७ प्रतिशत हो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) ले ३० हजार १ सय ५७ मत प्राप्त गरेको छ ,जुन १२ दशमलव १६ प्रतिशत मत हो ।त्यसैगरी चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ले ११ हजार ७ सय १३ मत प्राप्त गरेको छ । जुन ४ दशमलव ७२ प्रतिशत मत हो।
यता नेपाल कम्युनिष्ट पार्टीले ११ हजार ४ सय ३ मत प्राप्त गर्दै ४ दशमलव ६० प्रतिशत मत हो । यसैगरी हर्क साम्पाङको श्रम संस्कृति पार्टी ले ६ हजार ६ सय ६९ मत प्राप्त गरेको छ । २ दशमलव ६९ प्रतिशत मत पाएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले भने समानुपातिक तर्फ ४ हजार ४ सय अर्थात १ दशमलव ७७ प्रतिशत मत हो । समानुपातिक तर्फको प्रारम्भिक मत परिणाम अनुसार रास्वपा अग्र स्थानमा रहेको छ ।
प्रकाशित: २३ फाल्गुन २०८२ १५:०६ शनिबार





