२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

अर्घाखाँचीमा रास्वपाका हरीप्रसाद भुसाल विजयी

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरीप्रसाद भुसाल विजयी भएका छन्।  

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार परम्परागत दलका उम्मेदवारहरुलाई पछि पार्दै रास्वपाका भुसालले जित निकालेका हुन्।  

भुसालले ३५ हजार २३ मत प्राप्त गरे। उनका प्रतस्पर्धी नेकपा (एमाले) का पिताम्बर भुसालले २२ हजार ६४९ मत पाए।  

यस्तै नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनालले १८ हजार ९८३ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ र राष्ट्रिय जनमोर्चाका पशुपती ढकालले १ हजार७३९ मत पाए।  

अर्घाखाँचीमा पुराना दलहरुका लागी यो निर्वाचन सम्झन लायक रहेन। राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय मत ल्याएपछी यसभन्दा अघि गढ मानिएका कांग्रेस–एमाले विरासत भत्किएका छन्।  

सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरी प्रसाद भुसालले अन्तिम अवस्थासम्म पछाडी फर्केर हेर्नु परेन।

प्रकाशित: २३ फाल्गुन २०८२ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App