२५ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

फरक क्षमताकी प्रिताको कविता संग्रह विमोचन

फरक क्षमताकी कवि प्रिता बल्लको एकालाप ऋतुहरू शीर्षकको कवितासंग्रह शनिबार भक्तपुरमा विमोचन भएको छ । नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले कविता संग्रहको लोकार्पण गरे ।

खुट्टाको सहाराले मोबाइलमा टाइप गरेर प्रिताले कविता लेखेकी हुन् । एकाला ऋतुहरू कविता संग्रहभित्र उनका १०० वटा कविताहरू संग्रहित छन् ।

प्रिताका पिता पवनकुमार बल्लका अनुसार २०४८ साल असार १० गते प्रिताको जन्म भएको हो । उनका अनुसार प्रिताको जन्म भएको केही वर्षदेखि नै उनी शाररिक रुपमा अशक्त भइन् । उनी अहिले पनि हिड्डुल गर्न सक्दिनन् । उनी ह्विलचियरको सहायताबाट बाहिर आउँछिन् ।

कवितासङ्ग्रहको सम्पादन जीवनाथ अधिकारीले गरेका हुन् । अनुशीलन नेपालबाट प्रकाशन गरिएको छ ।

कार्यक्रममा सम्पादक अधिकारीले प्रिता आफ्ना भावना व्यक्त गर्ने कवि रहेको बताए । कविताको रूपमा प्रिताले आफ्ना भावनाहरुलाई प्रेममय वातावरणमा छताछुल्ल पार्न सिपालु देखिएको उनले सुनाए ।

।ध्रुवप्रसाद बल्लको सभापतित्व कार्यक्रम भएको थियो । कार्यक्रम प्रिताकी बहिनी निष्ठा बल्लको सञ्चालनमा भएको थियो । कार्यक्रममा सन्दिप बल्लले कवि प्रिताको परिचय गराएका थिए ।

प्रमुख अतिथि व्याकुल माईलासहित चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, नारायण झा, लघुकथाकार हरिगोविन्द भूमि, एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव तथा लेखक रामगोपाल कर्माचार्यलगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

 

प्रकाशित: १२ पुस २०८२ २०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App