सिजी मोटोकर्पले आइतबारदेखि मंगलबारसम्म देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्या निम्त्याउन सक्छ। चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकलाई सवारी जाँच गराउन सुझाव दिएको छ।
यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्नु हो।
यस क्याम्पअन्तर्गत सुजुकीका ग्राहकले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्।
कम्पनीले सबै सुजुकी धनीहरूलाई यस अवसरको फाइदा उठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्न प्रोत्साहन गरेको छ। सर्भिस क्याम्पका दौरान ग्राहकले विभिन्न छुट र अफरका साथै आकर्षक उपहारको अवसर पनि पाउनेछन्।
प्रकाशित: २५ माघ २०८२ १२:०२ आइतबार




