१३ पुस २०८२ आइतबार
image/svg+xml
अपराध

आपराधिक गतिविधि गर्ने दुई पक्राउ

आपराधिक गतिविधि गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका- २ भैसकुण्डामा ४३ ग्राम बढी खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन ।

लागुऔषध अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले चाकरचौडाबाट पकडी तर्फ युपी ५५ एयु ०७३ नम्बरको मोटरासईलमा आईरहेको मायोदबी गाउपालिका वडा नम्बर ४ बुलाडिहवाका ३६ वर्षीय अब्दुल कसिम मुसलमानलाई ४३ ग्राम ७६ मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेको अब्दुललाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसंधान अघि बढाइएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

त्यस्तै एआईबाट अश्लिल भिडियो फोट बनाएर युवतीको चरित्र हत्या गरेको आरोपमा कपिलवस्तुको सुद्धाधन गाउपालिका २ गुलरीका एक जना युवक पक्राउ गरिएको छ । युवतीको फोटो भिडियो बनाई आफना साथीसंगीहरुलाई पठाएको र युवतीलाई डर देखाई चरित्र हत्या गरेको आरोपमा २८ वर्षीय सुरेश कहार पक्राउ परेका हुन । पक्राउ परेको कहारलाई विद्युतीय कसुर सम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी घटनाको अनुसंधान भईरहेको प्रहरी उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । 

प्रकाशित: १२ पुस २०८२ २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App