कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि रास्कोटमा खुसियाली छाएको छ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न शुक्रबार अर्थ मन्त्रालयले निर्णय गरेपछि रास्कोटमा खुसियाली छाएको हो ।
इलाका प्रशासन कार्यालय स्थापना गर्न निर्णयपछि खुसियाली बनाएको नगर प्रमुख धर्मराज शाहीले बताए । उनले भने, 'रास्कोटका नागरिकको वर्षौंदेखिको माग पूरा भएको छ ।’
इलाका प्रशासन बनेपछि नागरिकता बनाउनकै लागि कम्तीमा ३ दिनको समय र ३ हजार रुपियाँ जोगाउन सकिने भन्दै स्थानीयमा खुसियाली छाएको शाहीले बताए ।
रास्कोटका नगरपालिकाका उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । संघीयताको मर्मअनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागत योग्य भएकाले खुसियाली मनाइएको उनको भनाइ छ।
प्रकाशित: १२ पुस २०८२ २०:१४ शनिबार





