प्रेस सेन्टर नेपालले कोभिड १९ को उच्च जोखिममा पनि अग्र पङ्तीमा रहेर काम गरिरहेका पत्रकारहरुकाे सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ। शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई माक्स, पञ्जा र ज्याकेटलगायतका सामाग्रीहरु वितरण गरिएको हो।
महामारीको समयमा पनि फिल्डमा खटिएर काम गर्ने सञ्चाकर्मीको सुरक्षामा सहयोग होस भन्ने हेतुले उक्त सामग्री वितरण गरिएको प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले बताए। उनले जोखिम लिएर फिल्डमा उत्रिने पत्रकारहरुको सुरक्षा प्रवन्धमा राज्यले ध्यान नदिएको भन्दै असन्तुष्टि समेत पोखे।
कार्यक्रममा माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयमा छलफल पनि भएको थियो।
प्रकाशित: ३२ जेष्ठ २०७७ ०२:०२ आइतबार



-600x400.jpg)

