दबुलि नेपालले नेपाली साहित्यका चार वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
चार दशकदेखि सिर्जनारत तिर्थ श्रेष्ठ, सूर्यप्रसाद लाकोजू, अभय श्रेष्ठ र रत्न प्रजापतिहरूलाई सम्मान गरिएकाे हाे।
स्रष्टाहरूलाई दबुलि नेपालले तेजकृष्ण नानिमाया लुमन्ति हना’ बाट सम्मानित गरिएको हो। स्रष्टाहरूलाई आफ्नो मातृभाषाका साथै नेपाली भाषामा सिर्जना कर्म गर्दै साहित्यमा उल्लेखनीय योगदान पुर्याएबापत स्रष्टाहरूलाई सम्मान गरेको हो।
चार स्रष्टालाई नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, चान्सलर मल्ल के सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले ढाका टोपी, दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन्।
उक्त समारोहमा सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिका चार पुस्तकको लाेकार्पण भएको छ। लाछिका “हेङ्ग्वाः जुम्ह मनु“उपन्यास, “कयता तंम्ह नेवा“ , सिक्किम “यात्राको सेरोफेरो“ र “अमूर्त सम्पदाभित्र“ लोकार्पण भएको छ।
प्रकाशित: १४ पुस २०८२ ०८:४१ सोमबार





