१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्य

नेपालका दुई तस्बिर विश्वका उत्कृष्ट १०० मा छानिए !

अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस(एपी)ले २०२५ का उत्कृष्ट १०० तस्बिर सार्वजनिक गरेको छ, जसमा नेपालका दुई तस्बिर पनि समावेश छन्।

एउटा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी प्रदर्शनको हो, जुन निरञ्जन श्रेष्ठले खिचेका हुन्। सेप्टेम्बर ९ मा सिंहदरबार बाहिर प्रहरीको ढाल र पोशाक खोसेका एक प्रदर्शनकारी रहेका छन्।

अर्को सगरमाथा आधार शिविरमा पाल टाँगेर उभिएका आरोहीहरूको हो, जुन पासाङ रिन्जी शेर्पाले खिचेकी हुन्। सगरमाथा आरोहण टोलीका सदस्यहरूको तस्बिर भने अप्रिल २८ मा लिइएको थियो। 

एपीले हरेक अंग्रेजी वर्षको अन्तिममा वर्षभरिका उत्कृष्ट तस्बिर सार्वजनिक गर्दै आएको छ। सोहीकारण सन २०२५ लाई बिदाइ गर्नुअघि र सन २०२६ लाई स्वागत गर्नुअघि तस्बिर जारी भएका हुन्।

प्रकाशित: १४ पुस २०८२ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App