१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जाँचबुझ आयोगमा आज बयान दिँदै रमेश लेखक

निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनिएकामा उनी आज बयानका लागि जाने भएका हुन्। बयानका लागि भन्दै आयोगले उनलाई पत्र पठाएको थियो। पत्र पाएपछि लेखकले आफू बयान दिन जाने जानकारी गराएका थिए।

उनी सोमबार दिउँसो ११ बजे बयानका लागि आयोगमा पुग्ने उनको सचिवालयले जनाएको छ। साथै लेखकले आज दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन्।

लेखकले यसअघि भनेका थिए, 'भदौ २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँहरू (आयोग) ले शुक्रबारका लागि बोलाउनुभएको रहेछ। म सोमबार जाने निर्णय गरेको छु।’ 

प्रकाशित: १४ पुस २०८२ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App