१५ चैत्र २०८० बिहीबार
समाज

मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता

सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।  

भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बसेका उनको जेठ २२ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्काउँदै गर्दा उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । उनी बिगत १४ दिन देखि क्वरेन्टिनमै थिए ।

दाहसंस्कारमा अन्यौलता
स्वाब रिपोर्ट आएपछि शवलाई के गर्ने भन्ने टुङ्गो पर्खिरहेका परिवारमा झन् अन्यौतला थपिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको दाहसंस्कारमा ढिलाई हुने भएको हो । कोरोना संक्रमण भए नभएको रिपोर्ट नआएपछि शवको दाहसंस्कार रोकिएको छ । अहिले उनको शवलाई मालारानी–४ खनकै रातुकाचौरमा राखिएको छ ।  

शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गरिरहँदा स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । चौबिस घन्टा भित्र रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App