coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार आठै जना दैलेखको नारायण नगरपालिकाका हुन् ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको ल्याबमा गरिएको परीक्षणका क्रममा थप आठ जनामा कोरोना पुष्टि भएको डा. तिवारीले जानकारी दिए । उनका अनुसार दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, नारायण नगरपालिका–३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, वडा नं. ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा वडा नं. ५ का १७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ‘उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ डा. तिवारीले भने, ‘सबै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा हुनुहुन्छ ।’

कोरोना पुष्टि भएकाहरुलाई नारायण नगरपालिकाको एक विद्यालयमा स्थापना गरिएको आइसोलेसन राख्ने तयारी भइरहेको छ । यसअघि कर्णालीमा ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App