८ वैशाख २०८१ शनिबार
समाज

नियन्त्रणका लागि गरिएका प्रयास र तयारी फितलो

संक्रमित क्वारेन्टिनमा, किट अभाव, परीक्षण सुस्त, जोखिम बढदो

क्याप्शन

कोभिड १९ नियन्त्रणका लागि प्रदेश नं. ५ अन्य प्रदेशभन्दा एक कदम अगाडि रहेको दावी प्रदेश सरकारले गर्दै आएको छ । तर संक्रमितको संख्यामा अन्य प्रदेशभन्दा अगाडि देखिए पनि  नियन्त्रणका लागि गरिएका प्रयास र तयारीहरु फितलो छ । पछिल्लो अवस्थाले  प्रदेश र स्थानीय तहहरुको तयारीलाई कमजोर सावित गरिरहेको छ ।

प्रदेश ५ मा बुधबार साँझसम्म संक्रमितको सख्या १ सय ९५  पुगेको छ । संक्रमितको संख्या थपिदै जाँदा तीनको उपचारमा समस्या भइरहेको छ । आइसोलेसन बेड अभाव हुँदा कपिलवस्तु, नवलपरासी र बाँकेका संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य छन । सुरुमै आइसोलेसन अस्पताल बनाएर सुरुवाती चरणमा प्रशंसनीय काम गरेको प्रदेशले आइसोलेसन अस्पतालको क्षमता बिस्तार नगर्दा संक्रमितलाई क्वारेन्टिनमै राख्नुपर्ने अवस्था आएको हो ।  

आइसोलेसन वार्ड नहुँदा मंगलबार र बुधबार संक्रमण पुष्टि भएका कपिलवस्तुका १६ जनालाई कहाँ लैजाने  अन्योल छ । सोमबार पुष्टि भएका मायादेवी गाउँपालिकाका ३ जना जनता प्रावि सानो पिपरा र एक जना मायादेवीकै छत्रपाली तिथार्दबेी उमाविको क्वारेन्टिनमा छन  । 

दुई दिनसम्म पनि संक्रमितलाई आइसोलेसनमा नलगिएपछि क्वारेन्टिनमा बस्नेहरु आत्तिएका छन । आफुहरुलाई पनि संक्रमण सर्न सक्ने भन्दै  क्वारेन्टिनमा बस्नेहरु भाग्न खोजेको स्थानीयले बताएका छन । यसअघि पनि यशोधरा गाँउपालिकाको क्वारेन्टिनमा संक्रमितसँगै राखिएको भन्दै केही व्यक्ति भागेर घर पुगेका थिए ।

बुधबार संक्रमण पुष्टि भएका कपिलवस्तुकै १३ जना मध्ये ९ जना महाराजगंज नगरपालिका र ३ जना विजय नगरकै विभिन्न क्वारेन्टिनमा छन । यसअघि बाँकेको नरैनापुरका ४९ जना संक्रमितलाई पनि दुई दिनपछि बुधबार मात्रै कोहलपुरको लायन्स डेन्टल अस्पतालमा ल्याइएको हो । २६ बेड क्षमताको अस्पतालमा ५९ जना कोचाकोच गरी राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमै थप ४ जनालाई  कहाँ लैजाने अन्यौल छ ।

दुई दिनसम्म पनि संक्रमितलाई आइसोलेसनमा नलगिएपछि क्वारेन्टिनमा बस्नेहरु आत्तिएका छन । आफुहरुलाई पनि संक्रमण सर्न सक्ने भन्दै  क्वारेन्टिनमा बस्नेहरु भाग्न खोजेको स्थानीयले बताएका छन । यसअघि पनि यशोधरा गाँउपालिकाको क्वारेन्टिनमा संक्रमितसँगै राखिएको भन्दै केही व्यक्ति भागेर घर पुगेका थिए ।

सरकारले बेलैमा तयारी र आवश्यक सावधानी नअपनाउँदा संक्रमितको व्यवस्थापनमा समस्या भएको प्रदेश सांसद फकरुद्धिन खाँनले बताए । प्रदेशको अस्पाल विकास तथा चिकित्सा सेवा महाशाखाका निर्देशक डा उमाशंकरप्रसाद चौधरीले कपिलस्तुका संक्रमितलाई भैरहवाको  भिम अस्पताल र दाङको बेलझुन्डीको कोरोना अस्पतालमा  लगिने बताए । तर ती अस्पतालमा जनशक्ति र बेडको अभाव छ  । 

भैरहवाको भिम  अस्पतालमा एउटा मात्रै बेड खाली छ । भिम अस्पालका सुचना अधिकारी गोपाल उपाध्यायले २३  बेडमध्ये २२ जना संक्रमित भर्ना भइसकेको जानकारी दिए । बुधबार रुपन्देहीमा नै एक जना संक्रमित थपिएकाले भिममा राख्ने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रदेश सरकारले बनाएका बुटवलको कोरोना विशेष अस्पताल भैरहवाको भिम अस्पताल र नेपालगञ्जको शुशील कोइराला प्रखर कोरोना विशेष अस्पताल भरिइसकेका छन । दाङको बेलझुन्डीमा रहेको ८८ बेडको कोरोना अस्पतालमा १७ जना छन । बाँकी बेड खाली भए पनि उपलब्ध जनशक्तिले ३० जना भन्दा धेरै संक्रमितलाई सेवा दिन नसकिने अस्पतालले जनाएको छ । 

मेसु डा सर्बेश शर्माका अनुसार अस्पालमा दुई जना चिकित्सक र दश जना नर्स छन । ‘हामीले यसअघि पटकपटक जनशक्ति थप गर्नुपर्छ, बेडले मात्रै हुँदैन भनेका हौं तर सुनुवाइ भएन’ डा शर्माले भने ।

न क्वारेन्टिन बिस्तार र व्यवस्थित भएका छन । न आर्मी  अस्पताललाई आइसोलेटेड गरियो । न आइसोलेसन सेन्टर स्थापना भएका छन ।

प्रदेशको मन्त्री परिषद र मुख्य मन्त्री अध्यक्ष रहेको प्रादेसिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसअघि नै पटकपटक नेपालगञ्जको आर्मी र प्रहरी अस्पाललाई कोरोना उपचारका लागि आइसोलेटेड गर्ने, प्रत्येक पालिकामा एक हजार बेड क्षमताको क्वारेन्टिन तराईका जिल्लामा २ सय बेड क्षमताका आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय र निर्देशन गरेको थियो । तर कार्यान्वयनको पाटो फितलो छ ।

न क्वारेन्टिन बिस्तार र व्यवस्थित भएका छन । न आर्मी  अस्पताललाई आइसोलेटेड गरियो । न आइसोलेसन सेन्टर स्थापना भएका छन । अव देखिने लक्षणविहीन संक्रमितलाई आइसोलेसन सेन्टर बनाएर सम्बन्धित जिल्लामै व्यवस्थान गरीने निर्देशक डा चौधरले बताए ।

किट अभाव, परीक्षण सुस्त, जोखिम बढदो

प्रदेशको स्वास्थ्य निर्देशनलायका अनुसार पिसीआर परीक्षणका लागि यहाँ तत्काल २६ हजार किटको आवश्यकता छ । तर प्रदेशमा  भिटिएम र पिसीआर परीक्षणमा चाहिने आरएनए एक्स्ट्रयाक्सन पुननपुग १ हजार मात्रै छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले  पिसीआर परीक्षणलाई गति दिन तत्कालका लागि २६ हजार किट आवश्यक पर्ने बताए । केन्द्रमा त्यसबारे माग भइसकेको र छिटै व्यवस्थापन हुने उनको भनाइ छ ।

यो प्रदेशमा हाल भारतबाट पछिल्लो समय फर्केका १४ हजार ४ सय ७७ जना क्वारेन्टिनमा छन । ती मध्ये ५ हजार ८२३ को स्वाब संकलन भएको छ । त्यसमध्ये ४ हजार ५६० को रिर्पोट आएको छ । १ हजार २ सय ६३ को रिर्पोट आउन बाँकी छ ।

बाँकी ८ हजार ६५४ जनाको स्वाब नै लिइएको छैन । भारतबाट आउनेहरुको सख्या दिनहुँ थपिइरहेको छ । त्यसबाहेक यसअघि भेटिएका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने  छ । संक्रमण फैलिन नदिन परीक्षणको दायरा बढाउनुपर्ने आवाज सुरुदेखि नै उठिरहेको छ । तर परीक्षणको गति कहिलेदेखि बढ्छ प्रदेश सरकारलाई नै थाहा छैन ।  किनकि प्रदेशमा किट अभाव छ ।  

किट नहुँदा कारोना फैलिरहेका भारतीय शहरहरुबाट आएकालाई बिनापरिक्षण क्वारेन्टिनहरुमा राखिएको छ । स्वास्थ्य कर्मीको निगरानी नै नभएका अव्यवस्थित र सामाजिक दुरी समेत कायम नगरिएका तीनै क्वारेन्टिनहरुबाट कोरोना फैलिने र समुदायमा पनि पस्न सक्ने खतरा छ ।  

प्रदेश ५ का ६ वटा जिल्ला कपिलबस्तु, बाँके, रुपन्देही, , नवलपरासी, बर्दिया र दाङ भारतसँग समिा जोडिएका छन । यीनै जिल्लाका सीमा नाकाबाट प्रवेश गरेकाहरुमै धमाधम कोरोना संक्रमण देखिएको छ । कोरोना फैलिरहेका भारतीय शहरहरुबाट अहिले पनि नेपालीहरु फर्किरहेका छन ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App