१६ चैत्र २०८० शुक्रबार
समाज

पाँचखालमा होमस्टे सञ्चालन हुँदै

काठमाडाैँ - प्रदेश ३ मा विभिन्न प्रकृतिका सम्पदा र पर्यटकीय स्थल छन्। त्यस्तै मध्येकाे एउटा पर्यटकिय गन्तब्य हो काभ्रेपलान्चोककाे पाँचखालमा अवस्थित अनैकोट भ्यु टावर।  पर्यटक आर्कषणलाई मध्यनजर गर्दे अनैकोटमा भोलि (बुधबार)बाट होमस्टे सञ्चालनमा आउने भएको छ।
 
शुरुवाती चरणमा १२ वटा घरमा सञ्चालन गर्ने होमस्टेको बुधबार उद्घाटन हुने भएकाे हाे। स्थानीय जनताको सक्रिय सहभागीता र लवग्रिन नेपाल जापानी दातृ संस्थाको सहयोगमा  संञ्चालन हुने होमस्टेमा उद्घाटनकै दिन १२ जना जापानी पर्यटकहरू आउने होमस्टेका संयोजक तुलसीप्रसाद सापकोटाले जानकारी दिए।

तामाङ, ब्राम्हण, दलित जनजातीहरूको बाहुल्यता रहेको यो गाँउ साँस्कृतिक र प्राकृतिक रूपमा निकै नै धनी छ। गाँउमा रहेको भ्यु टावर, कृष्ण मन्दिर पर्यटकका लागि मुख्य आर्कषणका केन्द्र हुँन्। त्यस्तै यहि बाटो हुँदै पर्यटकीय स्थल नगरकोटसम्म जोडिने ट्रयाक पनि रहेको छ। उत्त स्थानबाट हिमालयन रेञ्जका दृश्य अवलोकन गर्न सकिन्छ। जसमा गौरीशङ्कर हिमाल, जुगल हिमाल, गणेश हिमाल लगायत काभ्रेको शिखरसम्मका डाँडाकाँडा, धुलिखेल, नगरकोट लगायत अन्य ठाउँको पनि एकै स्थानबाट अवलोकन गर्न सकिन्छ।  साथै हरियाली वनजंगल वरपरका गाँउ, तामाङ संस्कृती यहाँको आर्कषण हुन्।भ्यु टावरबाट देखिएको हिमालको दृष्य

गाँउमा उत्पादन भएका अर्गानिक कुराहरु कोदोको ढिडोको परिकार , ध्यू, मह, लोकल कुखुराको मासु, जिरा मसिनो चामलको भात, गाँउकै स्थानीय आलुको विभिन्न परिकारको स्वाद लिने सकिनेछ। यस्तै पर्यटकहरूको आर्कषणका लागि तामाङ संस्कृति झल्कने लोक संस्कृति देखाउने पनि संयोजक सापकाेटाले जानकारी दिए।

प्रकाशित: ६ फाल्गुन २०७६ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App