coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडालाई त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।  

राज्यसत्ता विरुद्ध पर्चा टाँसिरहेको र चन्दा समेत असुली गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले आफूहरु नेकपा विप्लव समूहको कार्यकर्ता नभएको बताए पनि झोला खानतलासी गर्दा एक थान चन्दा ठेली, पर्चा पम्पलेट फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक टेकबहादुर देउवाले बताए। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७५ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App