४ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

चितवन राइनोजले गर्‍यो कुशल मल्लसहित सात खेलाडी ‘रिटेन’

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले मार्की खेलाडी कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको छ।

चितवन राइनोजले शुक्रबार ७ जना खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो।

राइनोजले कुशल मल्लसहित दीपक बोहरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रन्जित कुमार र अर्जुन साउदलाई रिटेन गरेको छ।

यस्तै टीमले बिपिन आचार्य, सौगात ढकाल, गौतम केसी, अमरसिंह रौतेला, बिपिन रावललाई भने रिलिज गरेको छ।

यसअघि बिहीबार जनकपुर वोल्डले पनि पाँच जना खेलाडी रिटेन गरेको थियो भने मार्की खेलाडी आसिफ सेखसहित ८ जनालाई रिलिज गरेको थियो।

प्रकाशित: २९ जेष्ठ २०८३ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App