१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कारका आरोपी पुनर्स्थापना केन्द्रमा

डोल्पा –६ वर्षीया बालिका बलात्कार प्रयासमा पक्राउ परेका एक किशाेरलाई जिल्ला अदालत डोल्पाले पुनर्स्थापना केन्द्रमा पठाएको छ। काइके गाउँपालिका ५ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका १७ वर्षीय होउज बुढा (नाम परिवर्तन) लाई पुनर्स्थापना केन्द्रमा पठाइएको हो।

जिल्ला अदालतले उमेर नपुगेको भन्दै नाबालक ठहर गरेर उनलाई बालबालिका पुर्नस्थापन केन्द नेपालगन्जमा पठाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक जीवराज थापाले बताए। ती किशाेरले फागुन २ गते ती बालिकालाई उनकै घरमा गएर बलात्कार गरेका थिए।

बालिका बलात्कार भएपछि पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले आरोपित किशाेरलाई त्यही दिन पक्राउ गरेको थियो। फागुन ३ गते अनुसन्धान गरी जवरजस्ती करणी उद्योग अन्तर्गत प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा फागुन २२ गते आरोपितलाई नाबालक ठहर गर्दै पुर्नस्थापना केन्द्रमा पठाउन अदालतले आदेश दिएको थियो।  

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App