१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

दृष्टिविहीन चिरञ्जीवी पौडेल बने ‘२०२५ ग्लोबल आइडल’ विजेता

दृष्टिविहीन चिरञ्जीवी पौडेलले ‘२०२५ ग्लोबल आइडल’ अवार्ड जितेका छन्। संसारभरबाट सहभागी ३ हजार ४ सय बढी मतदाताबाट सबैभन्दा बढी मत प्राप्त गर्दै उनले अवार्ड जितेका हुन्।

उनी ‘सिइङ ह्याण्डस् नेपाल’का संस्थापक हुन्। जसले दृष्टिविहीनहरूलाई आत्मनिर्भर बनाउन रोजगारीको अवसर, अन्तर्राष्ट्रिय पर्यटन समावेशीकरण र सामाजिक सशक्तीकरणमा सक्रिय रूपमा योगदान गर्दै आएको छ।  

सीइङ ह्यान्ड्स नेपालका संस्थापक समेत रहेका दृष्टिविहिन पौडेले पोल्यान्डको शाँसा– चान्स फर दी ब्लाइन्ड फाउन्डेसनको आयोजनामा हुँदै आएको वर्ल्ड ब्लाइन्ड आइडल–२०२५ को विश्वभरबाट हुने छनोटमा परेका थिए। 

चिरञ्जीवीले आफ्नो समुदाय र समावेशी पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको तरिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठुलो मान्यता पाएका छन्। यस पुरस्कारले देशभरि दृष्टिविहीनका हक–हितका आवाज झनै प्रभावकारी बनाएको उनले बताए।

प्रकाशित: २४ असार २०८२ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App