२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सर्वोच्चका नयाँ न्यायाधीशले शपथसँगै काम थाले

सर्वोच्च अदालतमा नवनियुक्त न्यायायाधीशहरुले मंगलबार शपथ लिएसँगै काम सुरु गरिसकेका छन् ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ गराएसँगै दैनिक मुद्दाको पेशी तान्ने गोला प्रक्रियामा सहभागी भएका थिए ।

सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सोमबार नियुक्त भएका थिए। तिनै जना शपथ ग्रहण लगत्तै मुद्दा छिन्न संयुक्त इजलासमा बसिसकेका छन् ।

सर्वोच्चमा अझै पनि एक जना न्यायाधीशको पद रिक्त रहेको छ । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा नयाँ नियुक्तिसँगै २० जना भएका छन् ।

संसदीय सुनुवाइ समितिले तीनैजनालाई अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदबाट सिफारिस भएकाहरूको सोमबार नियुक्ति गरेका थिए। संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश नियुक्ति भएका हुन् ।

प्रकाशित: २४ असार २०८२ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App