३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

ए लिग वुमन खेलिरहेकी साम्बालाई गम्भीर चोट

अस्ट्रेलियाको ए लिग वुमन खेलिरहेकी नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान सावित्रा भण्डारी 'साम्बा'लाई गम्भीर चोट लागेको छ । वेलिङ्टन फोनिक्सबाट लिग खेलिरहेकी उनले सिजनका बाँकी सबै खेल गुमाउने भएकी छन् ।  

लिगअन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलमा गोलपोष्ट नजिक हेडर गर्न उफ्रिएकी साम्बाको दाहिने खुट्टा विपक्षी गोलकिपरले थिचेकी थिइन् ।  

स्वास्थ्य परीक्षणका क्रममा उनको दाहिने घुँडामा गम्भीर समस्या देखिएको छ । चिकित्सकका अनुसार, साम्बाको दाहिने घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट च्यातिएको छ । उनी कम्तीमा ९ महिना मैदान बाहिर रहने भएकी छन् । करिब एक वर्षसम्म पूर्ण आराम गर्न चिकित्सकले सुझाएको उनी आवद्ध क्लब वेलिङ्टन फोनिक्सले उल्लेख गरेको छ ।  

न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा साम्बा गत साउनमा अनुबन्ध भएकी थिइन् । क्लबले उनको चोटप्रति दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  

साम्बाको चोटले नेपाली राष्ट्रिय महिला फुटबलमा पनि प्रभाव पार्नेछ ।  कप्तान समेत रहेकी साम्बा राष्ट्रिय महिला फुटबलका लागि गोल मेसिन मानिन्छिन् । 

प्रकाशित: २३ पुस २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App