२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा विस्फोट

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टील उद्योगमा बुधबार राति ठूलो विस्फोट भएको छ।

उद्योगको फलाम पगाल्ने भट्टीमा भएको उक्त विस्फोटमा परी एक मजदुर घाइते भएका छन् भने घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन्।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले उद्योग प्रशासनको दाबीअनुसार एक भारतीय मजदुर घाइते भएको जानकारी दिए।

उनले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र विस्फोटबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए।

राति करिब ९:१५ बजे भएको विस्फोटको आवाज टाढासम्म सुनिएको थियो। स्थानीय बासिन्दाले भने विस्फोटको प्रकृति हेर्दा उद्योगमा कार्यरत अन्य मजदुरहरू पनि हताहत भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ असार २०८२ २१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App