भारतीय सहयोगमा इरानबाट थप तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। २७२ जना भारतीय नागरिकसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली पुगेको भारत सरकारले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा विशेष उडानमार्फत भारतीय समयअनुसार मध्यरात १२ः०१ मा दिल्लीमा अवतरण गरेको उल्लेख गरेका छन्।
यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो।
इजरायल–अमेरिका र इरानबिचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धारको कुरा उठेको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन। सोहीअनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ।
प्रकाशित: १२ असार २०८२ १५:४८ बिहीबार





