२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा  गणेशा एक्कासी बेहोस भएकी थिइन्। तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत्यु घोषणा गरेको जनाइएको छ । रासस  

प्रकाशित: ९ असार २०८२ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App