पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय भेदभाव र छूवाछुतले नेपाली समाजलाई विकृत बनाएको बताएका छन्।
बुधबार (आज) काठमाडौंमा आयोजित दलितसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'जातीय भेदभाव र छूवाछुतको व्यवहारले हाम्रो समाजलाई विकृत बनाएको छ,' उनले भने।
अगाडि उनले भने, 'प्रथा, परम्परा र अन्धविश्वासको आधारमा चलेको वंशानुगत, दुखद् र निरङ्कुश शासनले दलित समुदायमा परेको अमानवीय व्यवहारविरुद्ध हाम्रो हाम्रो पार्टीले नै पहिलो पटक आवाज उठाएको हो।'
समाजको निश्चित जाति, वर्ग र समुदाले भोग्नुपरेको नारकीय जीवनमा मुक्ति दिलाउन कांग्रेसले २००७ सालको क्रान्तिमा 'सँगै बसौँ, सँगै खाऔँ' भन्ने अभियान चलाएको उनले बताए।
प्रकाशित: २१ जेष्ठ २०८२ १५:३२ बुधबार





