राष्ट्रिय मानव अधिकार आयोगले विरोधको वैकल्पिक उपायहरू अवलम्बन गर्न यातायात व्यवसायीलाई आग्रह गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले आम नागरिकको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुन यातायात व्यवसायीलाई आग्रह गरेको हो।
असहमतिका विषयमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु लोकतन्त्रमा नागरिकको अधिकार भएपनि कसैले आफ्नो अधिकारको उपभोग गर्दा नागरिकप्रतिको दायित्वलाई बेवास्ता गर्न नमिल्ने आयोगले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८२ १६:४४ सोमबार





