भक्तपुरमा एक महिला मृत फेला परेकी छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित बृहस्पति मार्गमा डेरा गरेर बस्दै आएकी रोशनी नामको महिला मृत फेला परेको प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरी परिसरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार शाही आफ्नै कोठामा मृत फेला परेकी हुन्।
'भित्रबाट ढोकाको चुकुल लगाएको देखिन्छ,' नेउपानेले भने, 'हामीले साढे १ बजेतिर समाचार पायौँ र त्यहाँ गएर ढोका खोलेर हेर्दा मृत भेटिनुभयो। थप कारण के हो, अनुसन्धान हुँदैछ।'
नेउपानेका अनुसार शाहीका श्रीमान् विराटनगर रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२ १७:१९ आइतबार





