२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना

तस्बिर: कमल पाण्डे

रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना भएको छ। दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिप्पर र रुकुमबाट काठमाडौं आउँदै गरेको प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस ठोक्किएको हो।

दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका-७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे,  बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिप्पर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन्।

घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ।

अन्य सबैको अवस्था सामान्य रहेको छ भने उनीहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८२ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App