२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

सिंहदरबारमा मेलम्चीको खानेपानी

सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण सुरु भएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सोमबार सिंहदरबारमा मेलम्चीको सुद्ध खानेपानी वितरण कार्य सुरु गरे। मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरणको सुरुवात गरेका हुन्। 

आजबाट औपचारिक रूपमा सुरु भएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय र कार्यालयमा वितरण गरिनेछ, मन्त्री यादवले बताए। उनले भने, ‘आजबाट सिंहदरबारमा औपचारिक रूपमा मेलम्चीको पानी आएको छ। यसअघि भूमिगत पानी सिंहदरबारमा प्रयोग भएको थियो। अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ।’

सो अवसरमा मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबार क्षेत्रमा प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापन गरिने बताए। उनले भने, ‘सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छु। अब जार र बोतलको पानी विस्थापन हुन्छ।’

सिंहदरबारभित्रका सबै मन्त्रालय र कार्यालयमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउन पाइपलाइन विस्तार गरिने मन्त्री यादवले बताए। मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक सुरुवात गरेका हुन्। 

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता थियो।

प्रकाशित: ५ जेष्ठ २०८२ १९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App