नारायणी नदीमा डुबेका दुई बालबालिका मृत भेटिएका छन् । पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुबेका १३ वर्षीय दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार बाहिर निकालेको हो। उनीहरु गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउने क्रममा मंगलबार साँझ डुबेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनको गोताखोरसहितको टोलीले स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः३० बजे निकालिएको हो ।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो ।
प्रकाशित: २७ चैत्र २०८१ १४:४९ बुधबार





