२५ चैत्र २०८१ सोमबार
image/svg+xml ५:५१ पूर्वाह्न
समाज

राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत लगिँदै

राजावादी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४१ व्यक्तिलाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको आरोप छ भने ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

गत आइतबार पहिलो पटक पाँच दिनको म्याद थप गरिएकोमा सो अवधि मंगलबार सकिएको छ। उनीहरुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहितका नेताहरू छन्।

प्रकाशित: २० चैत्र २०८१ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App