१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:१ पूर्वाह्न
समाज

तीनकुनेमा थप सुरक्षाकर्मी परिचालन, गोली चलाउनसम्मको आदेश

फाइल तस्बिर।

काठमाडौंको तीनकुने क्षेत्रमा जारी तनाव नियन्त्रण गर्न नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ। राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको हो।

राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार अपराह्न ४:२५ बजेबाट राति १० बजेसम्म कर्फ्यु लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार निम्न क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारको भेला, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ:

गौशालादेखि एयरपोर्ट, गैरीगाँउ, तीनकुने हुँदै कोटेश्वर

कोटेश्वरदेखि जडिबुटी पुल

कोटेश्वरबाट बालकुमारी पुलसम्म

बानेश्वर चोकदेखि शंखमुल पुलसम्म

गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा तोडफोड, झडप र आगजनी भएका कारण प्रशासनले तत्काल सुरक्षा कदम चालेको हो। यसअघि दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा निजी सम्पत्तिमाथि क्षति पुर्याइएको थियो।

स्थिति गम्भीर बन्दै गएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च अधिकारीहरूको बैठकमा कर्फ्यु आदेशको समीक्षा तथा सुरक्षा रणनीति तय गरिएको छ।

उपत्यका प्रहरीले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले गोली चलाउनसम्मको आदेश पाएको छ। 

प्रशासनले कर्फ्यु आदेशको कडाइका साथ कार्यान्वयन गर्ने बताएको छ। सुरक्षाकर्मीको तैनाथी बढाइएसँगै तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App